आज: २०८२ चैत्र ४, बुधबार | Wed, 18, Mar, 2026

सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष दुवैजना मृत फेला

२०८१ श्रावण १९, शनिबार मा प्रकाशित ( १ साल अघि) ४५११ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ साउन ।

काठमाडौंको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र एक पुरुष दुबैजना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेकाहरु बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको प्रहरीले जनाएको छ ।

सुक्रबार  दिउँसो  १२ बजेसम्म पनि खाना खान नआएपछि गेष्ट हाउसका संन्चालकले बोलाउन जाँदा कुनै पनि प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।त्यसपछी प्रहरी आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस