
नारी बाटिका
तस्वीर स्रोत : बिबिसी नेपाली सेवा
काठमाडौँ २१ साउन ।
बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । पछिल्लो समयमा पुन ः प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबारदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । त्यस्तै बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको बंगलादेशका संन्चारमाध्यमले जनाएका छन् । साथै प्रदर्शन कै क्रममा ५०० भन्दा बढी विद्यार्थीहरु घाइते भएको बताइएको छ ।
केही समयदेखी चर्किएको आरक्षण कोटाको विरोधी प्रदर्शनमा हालसम्म ३०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भईसकेको छ । त्यसैगरी प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सिमेत माग गरिरहेका छन् । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट लगायतको सामाजिक संन्जालहरु बन्द गरिएको छ ।
बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए । हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । उक्त आन्दोलनरत विद्यार्थीले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न माग राखिरहेका छन् ।
बंगलादेशमा सन् १९७१ देखी बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित कोटाको व्यवस्था गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस