
गुल्मी २२ साउन ।
गुल्मीमा सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मुसिकोट नगरपालिका वडा नं.१ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाले ज्यान गुमाएका हुन् । सोही पहिरोमा परी २ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोमा परी सोही स्थानका ३१ वर्षीय विष्णु विक र २३ वर्षीय उनकी श्रीमती मुना विक घाईते भएका छन् ।
घाईते दुबैलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस