आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

स्कुल सकेर घर फर्कने क्रममा बस दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते

२०८१ श्रावण २४, बिहिबार मा प्रकाशित ( २ साल अघि) १४२६६ पटक पढिएको
नारी बाटिका


सुर्खेत २४ साउन ।

सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना विद्यार्थीहरु घाइते भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा संन्चालित डिभी निकेतन स्कुलको बस स्कुल सकेर विद्यार्थी पुर्‍याउन घरतर्फ जाँदै गर्दा वीरेन्द्रनगरस्थित वडा न.ं ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सुचना अधिकारी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिनु भयो।

प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारीका अनुसार कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस अ.पौने पाँचबजे तिर सोही स्थानको खोला तर्ने क्रममा चिप्लिएर बस खसेको थियो । उक्त खोलामा गाडी तर्न बनाइएको स्लोपबाट बस चिप्लिएर खसेको थियो। घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस