
नारी बाटिका
चितवन ४ भदौ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ पर्ने उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बीएडी ८३२२ नं। को कारमा आज बिहान माथिबाट ढुंगा खसेको थियो ।
उक्त कार भरतपुर महानगरपालिका –२ निवासी सन्तोष कचिलाले चलाइरहेका थिए । कारमा ढुंगाले लागे पनि सम्हालिएर दुर्घटनाबाट जोगिएको र कार आफ्नो गन्तव्य तर्फ गइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन सो सडक खण्डमा सावधानी अपनाएर मात्रै यात्रा गर्न सम्वन्धित सबैमा प्रहरीले आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस