
नारी बाटिका
तनहुँ १३ भदौ ।
तनहुँको बन्दीपुरमा छ वटा सवारी साधनहरु एकआपसमा ठक्कर खाँदा चारजना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ रिमाल्नीमा उक्त दुर्घटना भएको हो ।
दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ ख २०३४ नं.को बसको ब्रेक फेल भई बस अनियन्त्रित हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नं को ट्रकसंग ठोक्किएको थियो । बस अनियन्त्रित अबस्थामा भएकोले सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं को बलेरोलाई पनि ठक्कर दिन पुगेको हो ।
बोलेरो गाडीको ढक्कर लागेर सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बस र उक्त बसले ना १ च ८४३४ नम्बरको बोलेरो, उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई एकआपसमा ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।
दुर्घटनाबाट घाइते हुनेमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ का २४ वर्षीय नवराज गोले, सोही बोलेरोमा सवार बागलुङ काठेखोला गाउँपालिका–५ का ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँका ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् ।
घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस