
नारी बाटिका
बाजुरा १५ भदौ ।
बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखामा अज्ञात व्यक्तिद्वारा चोरी भएको छ । गौमुल गाउँपालिकाको घटमुना बजारस्थित कुमारी बैंकको शाखाम कार्यालयमा गएराति २ बजेको समयमा एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको शाखाका प्रबन्धक शितल रावतले जानकारी दिए ।
रातिको समयमा “एक जना व्यक्ति कार्यालयको मुल ढोका तोडफोड गरी बैंकभित्र पसी एउटा कम्प्युटर चोरी गरी लगेको सिसिटिभीमा देखिएको छ, प्रहरीले अनुसन्धान गरिरहेको प्रबन्धक रावतले बताएका छन्”, ।
यसैगरी गए राति नै घटमुना बजारमा रहेका चार वटा पसलमा पनि चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । “बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी सकिएको जानकारी प्राप्त भएको छ ।
बैंकका सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको सिसिटिभीद्वारा देखिएको छ, । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीका अनुसार सो घटना सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ”, ।








प्रतिक्रिया दिनुहोस