आज:  | Tue, 10, Sep, 2024

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट नेपालमा दुई जनाको मृत्यु

१९ भाद्र २०८१, बुधबार ०६:२३ मा प्रकाशित ( ६ दिन अघि) ७२ पाठक संख्या
नारी बाटिका


बिबियु नारी संन्चार संवाददाता

कैलाली १९ भदौ ।

जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ। मंगलबार यस रोगको संक्रमणबाट घोडाघोडी नगरपालिका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिएकी छन्।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र सोही पालिका ६ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो। यससंगै जिल्लाका थप चार जनामा समेत इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ।

त्यसैगरी गौरीगंगा, गोदावरी र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख गौरी जोशीले बताइन्। सक्रमित हुनेमा गौरीगंगाका ६ वर्षीय बालक र ६५ वर्षीय पुरूष, गोदावरीमा ४६ वर्षीय एक महिला र धनगढीमा पाँचमहिने शिशुमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ।

गोदावरीका एक जना भने उपचारपछि घर फर्किसकेका छन्। अन्य संक्रमितको उपचार भइरहेको छ। पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस रोग सर्ने गरेको चिकित्सकले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस