
बिबियु,नारी वाटिका संवाददाता
काठमाडौं २८ भदौ ।
नेपाली कांग्रेले उत्कृष्ट कार्य गर्ने विभिन्न जिल्लाका २१ स्थानीय तहलाई मुल्याङकनको साथ सम्मान गरेको छ। बिहीबार सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा विशेष कार्यिक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेकोमा आफु नेपाली काँग्रेस निकै हर्षित भएको व्यक्त गर्नु भएको थियो ।
पार्टीको तर्फबाट स्थानीय तहमा नागरिकका साथमा बसेर राम्रा कार्य गर्ने आफ्ना पार्टीका स्थानीय प्रमुख तथा सदस्यहरुको प्रशंसा समेत गरी २१ वटा गाउँपालिका र नगरपालिकालाई सम्मान गरेका हुन्।













प्रतिक्रिया दिनुहोस