आज:  | Tue, 08, Oct, 2024

समितिले सहकारी ठगी प्रकरणको प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्ने

२९ भाद्र २०८१, शनिबार १५:३० मा प्रकाशित ( ३ हफ्ता अघि) ८२ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ भदौ ।

सहकारीमा भएको ठगी प्रकरणको प्रतिवेदन टुंग्याउनुअघि छानविन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। शहर केन्द्रीत केही सहकारी संस्थाका संन्चालक तथा कर्मचारीले शेयर सदस्यका हितमा भन्दापनि आफैले सहकारीको बचत रकम दुरुपयोग गरेको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले लगभग आरोपितहरुसंग बयान लिई सकेको छ ।

तर राष्ट्रीय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती,जिवी राई लगायतका सहकारीबाट अरबौं रकम घोटाला गर्नेहरु कोई फरार छन् त केहीलाई प्रहरी नियन्त्रणमा लिएको छ । फरार रहेकालाई खासै तदारुकताका साथ खोजि गरेको पनि पाईँदैन । भेटिएका आरोपितहरुसंग भने बयान लिएर छानविन समितिले प्रतिवेदन तयार गरी आज साँझ पाँच बजे प्रधानमन्त्रीसँग छलफल गर्न तय भएको समितिका स्रोतले बताएको छ ।

यस कार्यका लागी समितिले सुक्रबारबाट प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको बताएको छ। प्रधानमन्त्रीसँगको छलफल गरेपछि मात्रै समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ। सुक्रबार समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो।

आज साँझ प्रधानमन्त्री केपी शर्मा वलीबिच प्रतिवेदनमाथी छलफल गरी भदौ ३१ गतेभित्र समितिले प्रतिवेदन संसदमा बुझाउने तयारी गरेको छ। सहकारी ठगीको आरोपितहरुसंग छानविनका लागी भदौ १५ गतेसम्म समय पाएको समितिले तथ्यहरूको थप पुष्टि र पुनर्पुष्टि गर्नका लागी समय अपर्याप्त भएको भन्दै समय थप माग गरेपछि १४ दिन थप गरिएको थियो। समितिले पाएको समय भोलि आईतबार सकिँदैछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस