
नारी बाटिका
बिबियु
‘
धादिङ ६ कार्तिक ।
धादिङको गल्छी गाउँपालिका बैरेनी अस्पतालमा ८ जनामा डेंगु संक्रमण पुष्टीे छ । आज भएको ल्याब परीक्षण अनुसार १७ जना ज्वरो आएका बिरामीहरूमध्ये ३ जना महिला र ५ जना पुरुष गरी ८ जनामा डेंगु संक्रमण देखिएको हो।
साथै पछिल्लो समयमा जिल्लामा सवै भन्दा धरै यसै गल्छी गाउँपालिकामा डेंगु संक्रमण देखिएकोले जिल्ला प्रशासन कार्यलय धादिङले नागरिकमा सचेत रहन आग्रह गरिरहेको छ । जिल्ला प्रशासन कार्यलयले सामाजिक संन्जाल मार्फत भनेको छ” ।
गल्छी गाउँपालिका बैरेनी अस्पतालमा उच्च दरमा संक्रमण देखिएकाले गाउँपालिका र स्वास्थ्य कार्यालयमा रोकथामको निमित्त थप प्रयास गर्न अनुरोध गरिएको छ भन्ने उल्लेख गरेको छ ।त्यसैगरी बैरेनीस्थित स्वास्थ्य शाखा गल्छीले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रोगबाट आफू बचौं र अरुलाई पनि बचाओै ।








प्रतिक्रिया दिनुहोस