आज: २०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

एजेन्टलाई चिनाएको आरोमपा महिलालाई बन्धक बनाउने दुई पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२८७९ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ९ कार्तिक ।

विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र एजेन्टले पैसा खाएर काम नगरेकोले एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनु भयो ।

काठमाडौँको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको पक्राउ गरेका दुबैको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले बताउनु भयो।

उनीहरू दुबैलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस