आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

भुस्या कुकुरको संख्या बड्न नदिन धुनिबेशी नगरपालिकाद्धारा बन्ध्याकरण

२०८१ कार्तिक ९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ५७७४ पटक पढिएको
नारी बाटिका


धादिङ, ९ कात्तिक ।

जताततै छ्यास्छ्यास्ती भेटिने भुस्या कुकुरको संख्या बड्न नदिन धादिङको धुनिबेशी नगरपालिका बन्ध्याकरणको सुरु गरेको छ । बेलाबेलामा सोही भुस्याहा कुकुरले टोकेर दिक्क भएका मानिसहरु धुनिबेशी नगरपालिका पशुपन्छी विकास शाखाले यस कार्यलाई अघि बढाउँदा नागरिकहरु खुशी भएका छन् ।

नगरपालिकाको पशुपन्छी विकास शाखाले बिहिबारसम्म ११० वटा कुकुरको बन्ध्याकरण गरेको छ। बुधवार र बिहीवार दुई दिने शिविर संन्चालन गरी कुल ११० कुकुरको बन्ध्याकरण गरिएको पशुपन्छी विकास शाखाले जनाएको छ।

सो शाखाका अनुसार पहिलो दिन ५८ र बिहीवार ५२ गरी ११० वटा कुकुरको बन्ध्याकरण गरिएको हो। साथै उक्त नगरपालिकाको पशुपन्छी विकास शाखाले सामुदायिकरछाडा कुकुरहरुको संख्या नियन्त्रण गर्ने उद्देश्यले भाले तथा पोथी सामुदायिकरछाडा कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस