आज:  | Mon, 11, Nov, 2024

सहकारी ठगी अपराध मुद्दामा पक्राउ परेका लामिछानेको शोमबार पनि बयान सकिएन

१३ कार्तिक २०८१, मंगलवार ०४:१२ मा प्रकाशित ( १ हफ्ता अघि) ८४ पाठक संख्या
फाईल तस्वीर
नारी बाटिका


पोखरा -१३ कार्तिक ।

सुर्यदर्शन लगायतको सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेसँग प्रहरीले बयान लिने क्रम जारी छ । सोमबार सरकारी वकिलको कार्यालयमा प्रहरीले लामिछानेसँग करिब ८ घण्टा लामो समय बयान लिएको थियो । लामो बयान लिएपनि शोमबार उनीसंगको बयान अझै पुरा नभएको प्रहरीले बताइएको छ।

सङ्गठित अपराधको सवालसमेतको मुद्रदामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ । पुर्व गृह्रमन्त्रीसमेत भैइसक्नु भएका लामिछानेलाई यसै कार्तिक २ गते शुक्रवार काठमाडौँस्थित उनकै पार्टी कार्यलयबाट पक्राउ परेका थिए । पक्राउपछी सुरुमा उनलाई ६ दिन र त्यसपछि गत बिहीबार कास्की जिल्ला अदालतले ७ दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी संस्थामा नागरिकले दुखजेलो गरी जम्मा गरेको बचत रकम लामिछानेसहितका नाम सार्वजनिक भएका टोलिले हिनामिना गरेकोले भन्न्े आरोपमा काठमाडौ.बाट पक्राउ गरी पोखारा अदालतमा लगिएको थियो । त्यसैगरी लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पनि बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस