
नारी बाटिका
काठमाडौं २५ कार्तिक।
क्यानडामा अध्ययनरत एक विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । सो अभियोगमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका( ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
अध्ययनको लागी क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्ण पराजुलीले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाएका थिए ।
यसरी झुट कुराबाट प्रभाहमा पारी ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।








प्रतिक्रिया दिनुहोस