
नारी बाटिका
धादिङं १२ मंसिर ।
धादिङमा बहिनी बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजुलाई धादिङ जिल्ला अदालतले ११ वर्ष कैद सजायको फैसला गरेको छ । निज पिडक दाजुले २५ वर्षीया आफ्नै बहिनीलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० असार ३ गते बलात्कार गरेको उजुरी परेपछी उनलाई पक्राउ गरिएको थियो ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले कसुरदार ठहरिएका दाजुलाई जबरजस्ती करणी गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा ३१९ को ३ (ङ) बमोजिम ७ वर्ष र हाडनाता तथा सहोदर आफ्नी बहिनीलाई बलात्कार गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २२० को २ (ख)बमोजिम ४ वर्ष गरी ११ वर्ष कैद गर्ने फैसला गरेका हुन् ।
यससंगै कसुरदारबाट ३ लाख ४० हजार जरिवाना गर्ने र सो जरिवाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख गरिएको छ । पीडितको धादिङ अस्पतालमा माघ २२ गते स्वास्थ्य परीक्षण भएपछी सो घटनाको रहस्य खुलेको थियो ।
घटनापछी कसुरदार निज दाजुविरुद्ध जिल्ला प्रहरी कार्यलय धादिङमा उजुरी परेपछी प्रहरीले सोही दिन उनीलाई पक्राउ गरी हिरासतमा राखेको थियो । त्यसैगरी बलात्कारको आरोपमा दाजुविरुद्ध जिल्ला अदालतमा गत फागुनमा मुद्दा दर्ता भएको थियो । मुद्धा दर्तापछी धादिङ जिल्ला अदालतको गत फागुन १८ को आदेशले कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।








प्रतिक्रिया दिनुहोस