
नारी बाटिका
पोखरा २६ पुस ।
कास्की जिल्लाको पोखरामा संन्चालित सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका रवीलाई ६५ लाख,छवीलाई ८८ लाख र लीला पछाइसमेतलाई ३७ लाख धरौटीमा रिहा भएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापती रवी लामिछाने,,पुर्व डिआईजी छवीलाल जोशी र लिला पछाईंलाई धरौटीमा रिहा गर्न बिहिबार कास्की जिल्ला अदालतले आदेश दिएको थियो । सोही बमोजिम लिला पछाइँ ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित उनलालाई पनि बिहीबार धरौटीमा छोड्न आदेश दिएका थिए ।
सोही सहकारीमा ठगी प्रकरणमा दोषी ठहर भएका अन्य ६ जना आरोपीतहरु बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने धरौटी बुझाउन नसके पछि हिरासतमा नै रहेकी थिइन् ।
तर पछाइँको परिवारले आज धरौटी बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस