आज: २०८२ फागुन २०, बुधबार | Wed, 04, Mar, 2026

खोटाङ जिल्लाका सत्तरी कटेका पत्रकारलाई पेन्सनको व्यवस्था गरिँदै

२०८१ माघ २, बुधबार मा प्रकाशित ( १ साल अघि) १०३८६ पटक पढिएको
नारी बाटिका


खोटाङ २ माग ।

नेपाल पत्रकार महासङ्घ खोटाङ जिल्ला शाखाले ७० वर्ष कटेका पत्रकारलाई पेन्सनको व्यवस्था गर्ने भएको छ । जिल्ला महासङ्घले पत्रकार पेन्सन कोष’ स्थापना गर्न कार्यसमिति बैठकबाट निर्णय गरेको हो ।

मङ्गलबार जिल्ला कार्यसमिति शाखाको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लामा कार्यरत पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको बताइएको छ।

जिल्लाभित्र क्रियाशील रहेका पत्रकारलाई पत्रकारिता पेशामा दिगो बनाउन ७० वर्ष कटेकालाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए।

यस कार्यको व्यवस्थापनका लागी पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्व अध्यक्षहरूलाई जिम्मेवारी दिने निर्णय भएको आचार्यको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस