
नारी बाटिका
कञ्चनपुर- २९ माघ ।
कञ्चनपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १२ भाईरल रोडस्थित सडक दोधराबाट महेन्द्रनगर तर्फ आउँदै गरेको सु.प्र.प.०१ ०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका १२ बस्ने २१ वर्षीय कैलाश सिंह साउँद र सोही नगरपालिका १३ बडैपुर बस्ने २१ वर्षीय गणेश बिष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सप्तरी बोदेबरसाइन नगरपालिका(३ स्थित सडकमा स.१ त ४६८५ नम्बरको ट्याक्टरले स.१० प ५६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा नवराजपुर गाउँपालिका(४ बस्ने ४५ वर्षीय जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनाबाट घाइते भएका छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषा, मिथिला नगरपालिका(२ हजरा चोकस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र ०२.००७ प ५०२० नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक मिथिला नगरपालिका(४ पुस्पलपुर बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस