
नारी बाटिका
काठमाडौं १ फागुन ।
देश कै राजधानी काठमाडौं शहर वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज सार्वननिक गरेको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई बिहान ११ र १२ बजे १८३ पुगेको हो ।
विश्वको अति प्रदुषित शहर मध्यको पाकिस्तानको कराची २२४ एक्यू आईसहित प्रदूषित शहरको पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडौं शहर परेको छ भने तेस्रो स्थामा चीन उहान शहर रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई प्रदुषित हुने भएकोले यो अवस्थालाई जोखिम र आपत्कालीन अवस्था मानिएको छ ।










प्रतिक्रिया दिनुहोस