
नारी बाटिका
विद्यार्थी संगठनले उर्जामन्त्री खड्काको पुतला दहन
काठमाडौं १२ चैत।
कुलमानलाई हटाएको विरोधमा उर्जामन्त्रीको पुतलादहन भएको छ । उर्जामन्त्री दिपक खड्काको कुरा सुनेर सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको थियो ।
के पार्टी कार्यकर्ता के नागरिक…..?
सबैलाई आफ्नो कुशल कार्यको उच्च छवी बनाएर नागरिकको हितमा काम गरेर जनताप्रिय बनेका कुलमानलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसपछी आज अधिकाँश नेपाली नागरिकले सामाजिक संन्जाल मार्फत सरकारको यस गलत कदमप्रति आक्रोस व्यत्त गरिरहेका छन् ।
यसैबिच आज बिहान नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ।
उर्जामन्त्री खड्काको यतिबेला चौतर्फी विरोध भैरहेको छ । अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो। विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए।
विद्यार्थीले मन्त्री खड्काको पुतला जलाउँदै प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।








प्रतिक्रिया दिनुहोस