आज:  | Wed, 30, Apr, 2025

युवतीमाथि गोली चलाइयो,गोली प्रहारबाट युवतीको अवस्था गम्भीर

६ बैशाख २०८२, शनिबार १४:३२ मा प्रकाशित ( १ हफ्ता अघि) २९१५ पटक पढिएको
नारी बाटिका


बुटवल- ६ वैशाख ।

बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

आज बिहान करिब साढे ९ बजेतिर बुटवल उपमहानगर ११ बुद्धनगरमा २९ वर्षीय टिका बिष्टमाथि गोली प्रहार भएको हो ।

युवतीको कम्मरमाथि गोली लागेको छ । गोली प्रहारबाट विष्टको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनु भयो । घाईते विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको बताइएको ।

गोली लागी घाईते भएकी उनी पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्रदै आएकी थिइन् । गोली किन र कसले हानेको भन्ने बारेमा खुली सकेको छैन । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस