
नारी बाटिका
काठमाडौँ -१८ साउन ।
केही दिनका लागि देशभरा मनसुन सक्रिय भएको छ। यस पटकमा भने तराई भागसहितका क्षेत्रमा वर्षा हुने भएको छ ।
जल तथा मौमि विज्ञान विभागको, मौसम पूर्वानुमान महाशाखाका अनुसार औषतमा बागमती, गण्डकी र कर्णाली प्रदेशमा अली कम वर्षा हुने र अन्य बाँकी प्रदेशमा भने अली बढी वर्षा हुने जनाएको छ । तर देशैभर मौसम बदली हुने बताएको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले तराइसहितका केही प्रदेशका थोरै स्थानमा भारीसम्म वर्षा हुने बताउनु भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। कोशी प्रदेश र बागमती प्रदेशका स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ।








प्रतिक्रिया दिनुहोस