
नारी वाटिका संवाददाता
काठमाडौँ- २० साउन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शोमबार बेलुकी सार्वजनिक गरेको छ । हिजो बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा अनुसार गत वर्षको तुलनामा यस पटक कक्षा १२ मा ६१.१७ प्रतिशत विधार्थी उत्तीर्ण भएका हुन् ।
त्यस्तै ३८.८३ विद्यार्थीहरु ननग्रेडमा परेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख २१ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पाँच लाख ११ हजार ५२५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
यस्तै परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिक तर्फ एक लाख १५ हजार ६१७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।












प्रतिक्रिया दिनुहोस