आज: २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025

नेपालमा ‘मोन्था’ चक्रवात प्रवेश गर्दै, बिहीवारदेखि यी ३ प्रदेशहरु प्रभावित हुने

२०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) २६६७ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

धादिङ -११ कार्तिक।

बंगालको खाडीबाट विकसित अर्को ‘मोन्था’चक्रवातको प्रभाव नेपालमा बिहीवारदेखि पर्ने भएको छ।

जुन चक्रवातले नेपालको बागमती, मधेश प्रदेश र कोशी प्रदेशलाई प्रभावित पार्ने भएको छ। अहिले अरब सागरबाट विकसित प्रणाली भने कमजोर भएको बताइएको छ।

पर्सीबाट सुरु हुने यस प्रणालीले बाटोघाटो र नदीनालामा समेत प्रभावित पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालको बागमती मधेश र कोशी प्रदेशको मौसम प्रभावित बनाउने जनाइएको छ।

उक्त चक्रवातले विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरीमा प्रभाव पार्नेछ ।

यस्तै कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहाव बढेर जनजिवन प्रभावित पार्न सक्ने सम्भावना उच्च रहने देखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस