आज: २०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

पशुपतिनाथ क्षेत्रमा आज पितृका नाममा शतबीज छरिँदै

२०८२ मंसिर ३, बुधबार मा प्रकाशित ( ६ महिना अघि) २९४६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -३ मंसिर।

आज मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीका दिन हो ।हिजो साँझ पशुपतिनाथ क्षेत्रमा आफ्ना दिवंगत पितृका वत्ती वालेर आज बिहानैदेखि शतबीज (सतबिउ)छर्नेको घुइँचो लागेको छ।

अघिल्लो दिन (मंगलबार) राति बुवा आमाको मृत्यु भएका सन्तानहरुले दिवंगत पितृका नाममा महादीप बालेर श्रद्धालुहरुले जाग्राम बसेका थिए। हिजो साँझ विधिपूर्वक संकल्प गरी बालिएको दीप रातभर जाग्राम बस्ने र भोलिपल्ट बाह्ममूहुर्त्तमै बागमती नदीमा बत्ती बगाउने परम्परा रहेको छ।

त्यसपछि वागमति कै जलबाट स्नान गरी,शुद्ध भई पशुपतिनाथ क्षेत्रमा घुमेर शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूलहरु चढाईन्छ ।

१०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर महादेव आदि देवमुर्तिमा शतबीज छरिन्छ। आज बालाचतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ।

पुराणादि तथा धर्मशास्रमा उल्लेख नगरिए पनि हेमाद्रि नामक ग्रन्थमा पशुपतिनाथ आसपास क्षेत्रमा शतबीजरोपण (सतबिउ छर्नुपर्ने) जस्ता विधि गर्नुपर्ने बताइएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनु हुन्छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा जान अनुकुल नहुनेहरूले पनि पछिल्लो समयमा नजिकका आफुलाई पायक पर्ने शिवालयमा गइ बत्ती बालेर शतबीज छर्ने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस