आज: २०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

बुढाथुम स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

२०८३ बैशाख १२, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


महिलाको लागी पाठेघरको मुखको क्यान्सरसहितको सेवा उपलव्ध हुने

बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१२ वैशाख ।
जनस्वास्थ्य कार्यालयको आयोजनामा तथा गङाजमुना गाउँपालिकाको सहकार्यमा धादिङको बुढाथुम स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

आज बैशाख १३ र १४ गते भोली बिहान १० बजेबाट गङाजमुना गाउँपालिका–७ बुढाथुम स्वास्थ्य चौकीमा बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने हो । यस शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा, हाडजोर्नी तथा नसारोग सम्बन्धी उपचार, महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर पहिचान -VIA)परीक्षण हुने भएको छ ।

साथै शिविरमा बालरोग विशेषज्ञ सेवा, आँखाको परीक्षण तथा उपचार, नसर्ने रोगहरूको स्क्रिनिङ लगायतका सेवा प्रदान गरिने धादिङले जानकारी दिएको छ । त्यस्तै दन्त रोग उपचार, भिडियो एक्स–रे तथा ईसीजी सेवा, पोषण कार्यक्रमसहितको परामर्श, नाक–कान–घाँटी(ENT) सेवा, जनरल सर्जरी सेवा समेत उपलब्ध गराइने भएकोछ।

यसका साथै शिविरमा निःशुल्क वृहत् परिवार नियोजन सेवा तथा स्थायी बन्ध्याकरणसहित स्याटलाइट क्लिनिक पनि सञ्चालन हुने जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस