आज: २०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरोले सडक एकतर्फी अवरुद्ध

२०८३ अषाढ ४, बिहिबार मा प्रकाशित ( ३ महिना अघि) ४१८६ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवादाता

धादिङ -४ असार ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोलामा गए राति सुख्खा पहिरो खसेर सडक एकतर्फी रोकिएको छ।

बुधबार राति करिब ९ः४५ बजेतिर तुईन खोलाको पुल नजिक माथिबाट झरेको सुख्खा पहिरोले सडकमा सवारी आवागमन प्रभावित भएको हो।

तर गए रातिदेखी नै सडक खुलाउन मेसिनहरु प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

साथै प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा नेपाल प्रहरीको निर्देशन पालना गर्न पनि आग्रह गरेको छ। पहिरो पन्छाउने कार्य भईरहेकोले केही समयपछी नै सडक पूर्ण रूपमा दुबै तर्फको सञ्चालनमा आउने छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑