
नारी बाटिका
बिवियु,नारी वाटिका डट्कम
धादिङ -१४ असार ।
हाल मनसुन विस्तारै देशका विभिन्न स्थानमा फैलन सुरु गरेसंगै आगामी चार दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशभर सामान्यदेखि पूर्ण मैसम बदली रहने छ भने कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने,मधेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भमवना रहेको छ ।
यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भु-भागमा मेघगर्जन, चट्याङ र हावा हुरीसमेत चल्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई सुझाएको छ।








प्रतिक्रिया दिनुहोस