आज: २०८३ अषाढ १७, बुधबार | Wed, 01, Jul, 2026

मनसुन देशैभर फैलियो आज केही क्षेत्रमा भारी वर्षा

२०८३ अषाढ १७, बुधबार मा प्रकाशित ( ३७ मिनेट अघि) ६५२ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम
धादिङ -१७ असार ।

हाल देशैभर मनसुनी वायुको प्रणाली फैलिएको अवस्था छ। जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय मनसुनी वायु प्रणाली देशको पश्चिमी सीमामा पुगेको जनाएको छ ।

आजको मौसममा गण्डकी र लुम्बिनी प्रदेश तथा बाँकी क्षेत्र साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भागमा मनसुन विस्तार भएको अवस्था छ। जसका कारण यस वर्षको मनसुन प्रणाली देशैभर पूर्ण रूपमा फैलिएको हो।

विगतको तुलनामा यस वर्ष मनसुन सरदर मिति भन्दा ६ दिन ढिलो गरी, जुन १९ अर्थात असार५ गते मात्रै नेपालको पूर्वी भू–भागबाट देशमा भित्रिएको थियो ।

सुरुको चरामा कोशी प्रदेशको केही क्षेत्रबाट विस्तार भएको मनसुन असार ८ मा कोशी प्रदेशभर विस्तार भई मधेस प्रदेश, बागमती, गण्डकी प्रदेका केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रबाट थोरै स्थानमा विस्तार भएको थियो। त्यसेले यस वर्षमा मनसुन देशभर विस्तार हुन १२ दिन लागेको थियो।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि साधारणतया बादल लागिरहेको छ। आज विहानदेखी बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर पूर्णतया बादल लाग्ने जनाएको छ भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ। यस्तै हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपात, पहाडी क्षेत्रका धेरै जसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षासहितको हिमपात हुने सम्भावना छ ।

बुधबार तराईका केही क्षेत्रमा मनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने विशेष गरी आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले मौसमको अवस्था बारे जानकारी लिएर मात्रै टाढाको यात्रामा निस्कन महाशाखाले सबैमा सुझाएको छ ।

साथै पछिल्लो मौसममा आएको परिवर्तन र वर्षाको जोखिमलाई मध्यनजर गर्दै सबैलाई मौसमी सूचनाको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस