धादिङवेशीमा थोपल खोलामा एक बालिकाको शव फेला
बिबियु,नारी वाटिका डट्कम
धादिङ २८ असार ।
को थोपल खोलामा एक नाबालिगको शब भेटि
धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित थोपल खोलामा अन्दाजी १४–१५ वर्षीया एक बालिकाको शव भेटिएको छ।
धादिङ वेशीस्थित सितलबजार भन्दा करिव पचास मिटरको दुरीमा अवस्थित थोपल खोलाको बगरमा निज बालिकाको शव फेला परेको हो । बालिकाको मृत्यु प्रकरणमा हाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
स्थानीयवासीको भनाई अनुसार निज बालिका पिकनिक खान गएको बेला उक्त घटना भएको भन्ने भनाई छ ।
प्रारम्भीक जानकारी अनुसार उनी निलकण्ठ नगरपालिका वडा न. १२ स्थित दामगाडे माद्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत रहेको पाईएको छ ।
यद्यपि बालिका परिवार वा आफन्तको साथमा धादिङवेशीमा बस्दै आएकी थिइन् भन्नेको एकिन खुल्न बाँकी छ ।












प्रतिक्रिया दिनुहोस