आज: २०८३ भाद्र ३१, बुधबार | Wed, 16, Sep, 2026

अन्धाधुन्द गुडिरहेका ४ वटा बसमा ढुंगाप्रहार गर्ने ५ जना पक्राउ

२०८३ भाद्र ३१, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
हेटौंडा- ३१ भदौ ।
हेटौंडाको बसामाडी नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका ४ वटा बसमा अन्धाधुन्द रुपमा ढुंगाप्रहार गर्दा एक यात्रु घाइते भएकी छन् । हेटौंदेखी काठमाडौं तर्फ जाँदै गरेका ४ बसमा केही युवा समूहले ढुंगाप्रहार गरेपछी बसमा क्षति पुगेको बताईएको छ ।

बुधबार विहान करिब २ः१५ बजे काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख १६४२, बा.प्र।०३–००२ ख २५९२, लु.प्र. ०२–००२ ख १२४० र लु.प्र.०३–००२ ख ०४४२ नम्बरका बस र बागलुङबाट वीरगञ्ज तर्फ आउँँदै गरेको म.प्र. ०३–००२ ख ७८७७ नम्बर बसमा एक अपचित युवाका समुहले अन्धाधुन्द ढुंगाप्रहार गरेको प्रहरीले जनाएको छ ।

ढुंगाले लागेर रुपन्देही ओमसतिया–६ की २१ वर्षीया लक्ष्मीकुमारी चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घटनामा घाइते चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । हाल उनको अवस्था मध्यम र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

घटनामा संलग्न रहेका ६ जनामध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौंडा–३, लेवटका २७ वर्षीय किरण बिक, ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रीव मुक्तान, २९ वर्षीय विजय थिङलामा र २९ वर्षीय उदास तामाङ छन् । प्रहरीले पक्राउ परेका विरुद्धमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ ।

समुहका १ जना भने फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस