
नारी बाटिका
धादिङ – धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहनुभएका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार पाँच सय ३३ मत अन्तरले पराजित गराउनुभएको हो ।
प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार चार सय ८३ मत पाएका पाउनुभयो भने एमालेका लोहनीले २३ हजार नौं सय ५० मत पाउनुभयो । यो क्षेत्रमा ६९ हजार एक सय ६४ मत गणना भएको थियो ।
अधिकारी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुनुहुन्छ । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस