
नारी बाटिका
नारी वाटिका डट्कम संवाददाता
काठमाडौं, २४असार ।
संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।
विषेश गरी आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक २०८० राष्ट्रिय सभाको सन्देश सहित टेबुल गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
त्येस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्ने भएका छन् । गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक(२०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको जनाइएको छ ।
उक्त विधेयक माथि प्राप्त संशोधनलाई आजै निर्णयार्थ प्रस्तुत गरिने भएको छ । साथै मन्त्रीले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।








प्रतिक्रिया दिनुहोस