
धादिङ,२२ साउन ।
धादिङको खनियाबास गाउँपालिका ४ स्थित एक महिला माथी खुकुरी प्रहार भएको छ । धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नम्बर ४ स्थित दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाईते भएकी हुन् ।
आईतबार ३० वर्षिय सागर पौडेलले ३५ वर्षिया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
घाईते भएकी सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको र काठमाण्डौंमा उपचार भईरहेको प्रमुख प्रहरी उपरिक्षक मिश्रले बताउनु भयो ।
खुुकुरी प्रहार गर्ने पौडेललाई पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस