
नारी बाटिका
काठमाडौं,१५ असोज ।
सामान्यतया नागपञ्चमी पछी हल्का चिसो हावा चल्ने भन्ने बुढापाकाको भनाईछ । तर पछिल्लो समयको मौसम अनुमान गरे भन्दा फरक रहेको पाईन्छ । जस अनुसार आज असोज १५ गते बितिसक्दा पनि गर्मी बढी नै रहेको छ । असोज महिना लागेपछी चिसो सुरु हुन्छ भनेर सोचेको जस्तो भएन यस वर्ष अत्याधिकै गर्मीको महशुस गरियो । आजको हल्का वर्षादले भने मौसममा केही बदली हुने अनुमान गरिएको छ ।
शोमबार यी प्रदेशहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।
राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी मंगलबार र बुधबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस