आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार सार्वजनिक बिदा

२०८० आश्विन २३, मंगलबार मा प्रकाशित ( २ साल अघि) ६२१७ पटक पढिएको
नारी बाटिका


हमास आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने १० नेपाली बिद्यार्थीको तस्वीर

भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ २३ असोज ।

सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरूको शोक मनाउन मंगलबार सार्वजनकि विदा दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज आज सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता, सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।

मन्त्रिपरिषदको बैठकले हमासको आक्रमणको निसानामा परी ज्यान गुमाएकाहरुको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनु भयो ।

मन्त्रि शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र छिटो नेपाल ल्याउन काम गर्ने निर्णय गरेको बताउन भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस