
नारी बाटिका
पाल्पा ,६ कात्तिक ।
पाल्पा जिल्लामा आजको २४ घण्टामा तीन वटा सवारी दुर्घटना भएको जनाइएको छ। आइतबार रानीमहल नजिकै भएको कार दुर्घटनामा परी एकै परिवारका ६ जनाको मृत्यु भएको हो । त्यस्तै शोमबार बिहान ५ बजे भ्यान दुर्घटनामा परेको हो ।
पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा घाइते भएका पाँच जना मध्ये तीन जना डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उपचार भैरहेका बाँकी घाईतेहरु पाल्पाकै मिसन अस्पतालमा उपचाररत रहेका जनाईएको छ । आईतबार आर्यभाङ्ज्याङ्बाट रामपुर हुँदै वीरकोट जाँदै गरेको लु१ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको थियो ।
्््््यसैगरी आज पनि दिउँसो अर्को जिप सडकमै पल्टिँदा सवारी धनि सहित तीन जना घाइते भएको पाल्पाका इन्पेक्टर सन्तोस चन्दले जानकारी दिएका छन् ।
सवारी धनी दानबहादुर खत्रीको खुट्टा फ्याक्चर भएकाले काठमाडौं रिफर गरिएको र अरू दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।
गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु१ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको लामडाँडामा पल्टिएको हो।








प्रतिक्रिया दिनुहोस