
बझाङ,११ कात्तिक ।
शनिबार बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका ४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेको प्रहरीले जनाएको छ ।
कठायत आज दिउँसो अन्दाजी २ बजेको समयमा सेती नदीमा गाईको बाछो तार्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।उनको खोजीका लागि स्थानीयवासी र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस