
नारी बाटिका
भगवती विबियु
काठमाडौं-९ मंसिर ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले न्यायपूर्ण समाज निर्माणमा राष्ट्रपति पौडेलले जोड दिनु भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वब्यापी रुपमा मनाईदै आएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई शुभकामना दिनु हुंदै राष्ट्रपति पौडेलले महिला विरुद्धमो हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ।
नेपालमा मात्रै नभई विश्वका केही मुलुकहरुमा अत्याधिक रुपमा महिला तथा बालबालिका माथी हिंसा,शोषण र अधिकारको हननु हुने गरेको पाईन्छ । यसै दिवस मार्फत नेपालमा पनि महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय रुपमा निर्माण भएका कानुन्को पालना गर्नेछौं भनि हस्ताक्षर गरी नेपालले पनि स्वीकार गरिसकेको सन्धर्वमा ययस दिवस तथा लैङ्गिक हिंसा विरुद्धको अभियानले सार्थकता पाउनेमा उहाँको विस्वास रहेको छ ।
उहाँले संविधानको मर्म र भावना अनुसार महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्ने तर्फ लाग्नु पर्ने बताउनु भएको छ। समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गर्नु भएको छ ।
नेपालमा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील रुपमा काम गरिरहेका सरकारी निकाय, सामाजिक संघ संस्थाहरु नागरिक समाज तथा महिला अधिकारकर्मीका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस