
नारी बाटिका
काठमाडौँ ५ पुस ।
नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशहरुद्वारा बिहिबार शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । बुधवार उहाँहरूलाई राष्ट्रपति पौडेलले न्यायाधीश पदमा नियुक्त गर्नु भएको थियो ।
बुधवार सर्वोच्च अदालतको न्यायाधीशहरुको नियुत्तीका लागी ६ जनाको नाम संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको थियो । उहाँहरूको गत मङ्सिर २९ मा तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको हो ।
सर्वोच्च अदालतका लागि रिक्त रहेको ६ न्यायाधीशकामा न्याय परिषद्को गत मङ्सिर ५ गते बसेको बैठकले उहाँहरूको नाम सिफारिस गरेको थियो ।








प्रतिक्रिया दिनुहोस