आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

शहिद दिवसका अबसरमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा ८७ जनाद्वारा रक्तदान गरे

२०८० माघ १६, मंगलबार मा प्रकाशित ( २ साल अघि) ११४१० पटक पढिएको
नारी बाटिका


धादिङ, १६ माघ ।

शहिद दिवसका अबसरमा नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा ८७ जनाद्वारा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा मंगलबार भएको कार्यक्रममा ५४ जना पुरुष र ३३ जना महिला गरी ८७ जनाले रक्तदान तथा जिवनदान गरेका हुन् ।

बिहान ७ बजेदेखि नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा संन्चालन भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

बिगत समयदेखी नै जिल्लामा रगतको समस्या पर्ने बिरामीहरुका लागी अभाव नहोस् भन्ने उदेस्यले धादिङमा संघ संस्था तथा सरकारी क्षेत्रबाट विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतका कार्यक्रमहरुमा रक्तदानलाई विशेष प्राथमिकतामा राखि रगत संकलन गरीदैँ आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस