आज: २०८२ चैत्र २, सोमबार | Mon, 16, Mar, 2026

आज ७४ औं प्रजातन्त्र दिवसमा पत्रकारलाई प्रवेश निषेध गरियो

२०८० फागुन ७, सोमबार मा प्रकाशित ( २ साल अघि) १०९१२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ फागुन ।

आज ७४ औं प्रजातन्त्र दिवस मनाइ रहदा उक्त कार्यक्रम मा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । देशका स्थानीय तह तथा ७७ जिललामा राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

१०४ वर्षसम्म चलेको जहाँनिया राणा शासन अन्त्य भई नेपालमा विक्रम संवत् २००७ फागुन ७ गते प्रजातन्त्रको स्थापना भएको घोषणा भएको दिनलाई स्मरण गरी यो दिवस मनाउन थालिएको हो।

यसै सन्धर्वका आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । तर आजको कार्यक्रममा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ।

समाजको हरेक गतिविधीको सही सुचना र सन्देश दिन र लेख्न पाउने अधिकार प्राप्त संन्चार माध्यमलाई काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश नदिएसँगै पत्रकारहरुले बिरोध स्वरुप क्यामेरा डाउन गरेका छन्।

उक्त कार्यक्रममा सेनाले सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका हुन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस