आज: २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026

आजको मौसम काठमाडौंमा बदली,तीन प्रदेशमा चट्याङ सहित वर्षा हुने

२०८० फागुन ९, बुधबार मा प्रकाशित ( २ साल अघि) ११३५२ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ९ फागुन ।

आजको देशका तीन प्रदेशमा चट्याङ सहित वर्षाको संभावना रहेको छ । हालको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा वुधबार बिहानै देखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मधेश र बागमती प्रदेशमा मौसम बदली छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमाली भूभाग तथा देशका उच्च पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आजको मौसम काठमाडौंमा पनि बदली हुनेछ। साथै अपराह्नतिर छिटपुट वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना यछ।

यसैगरी पहाडी उच्च भाग तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस