आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

तनहुँमा पहिरोले पुरिएर बेपत्ता भएका तीनै जनाको शव फेला

२०८१ अषाढ २३, आईतबार मा प्रकाशित ( १ साल अघि) ४१६९ पटक पढिएको
नारी बाटिका


तनहुँ २३ असार ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ।शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार परेको अबिरल वर्षाको कारण पहिरो आई घर पुरिँदा बेपत्ता भएकाहरु मध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले उनिहरुको घर पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको बताउनु भयो। अहिले शव परीक्षणका लागि अस्पताल पठाइएको छ ।

हजो हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीन जना बेपत्ता भएका थिए। उक्त पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपालीहरु घाइते भएका छन्।

हाल घाइते भएकाहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी उपरीक्षक रायले जाकारी दिन भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस