आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

बाख्रा चराउन गएकी महिलाको ढुंगाले लागेर मृत्यु

२०८१ श्रावण २, बुधबार मा प्रकाशित ( १ साल अघि) ९२७५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ असार ।

अछाममा मंगलबार बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ। सो घटनाबाट मृत्यु हुनेमा मंगलसेन नगरपालिका ३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटी रहेकी छन्।

बोगटी मंगलबार अछामको गाध्यस्थित भीरमा बाख्रा चराएर फर्किने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनु भयो।

अहिले मृतक बोगटीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस