
नारी बाटिका
बिबियु नारी वाटिका संवाददाता
धादिङ २५ साउन ।
आज नागपञ्चमीका दिन नेपालीको घर घरमा नागको तस्वीर टाँसेर पुजाआजा गरी मनाइदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा नमगबमे चित्र टाँसेर मनाइँदै छ ।
यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।
पछिल्लो समयमा मात्रै नभई नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
आज नाग पञ्चमी भएकोले काठमाडौं लगायतका लागि बजारमा नागका फोटो र चित्रको व्यापार बढेको छ । उपत्यकाको असन, इन्द्रचोकमा व्यापारीहरूले विक्रीका लागि नागका चित्रको समथमा गोवर, दुबो पनि बिक्रीका लागी राखेका छन्। प मूल्य भने नागका चित्रको आकार अनुसार प्रतिगोटा १० रुपैयाँदेखि १०० रुपैयाँ सम्म पर्ने व्यापारीहरू बताउँछन्।
तर पछिल्लो समयमा केही ब्रामणहरुले पनि पुरेत र जजमानको सम्वन्ध भन्दा पनि सडक पेटीमा बसेर नागका चित्रहरु बेचेर व्यवशाय नै गर्ने प्रचलन बढेकोले घर घरमा गएर विधिपुर्वक नागको तस्वीर टाँसेर गाईको दुध र ३युले नागलाई पुजा गरेपछी मात्रै नागपञ्चमीको विधी पुरा गर्नुपर्ने धार्मिक मान्यतालाई बिचलित बनाउँदै लगिएको अवस्था छ ।







प्रतिक्रिया दिनुहोस