आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

ठोस्ने खोलाले बगाएर एक बालिकाको मृत्यु

२०८१ श्रावण २९, मंगलबार मा प्रकाशित ( १ साल अघि) १०३३२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ साउन ।

ललितपुरको सिलिङगेवेसीमा खोलाले बगायर एक बालिकाको मृत्यु भएको छ । आज ललितपुरको कोन्जोसोम गाउँपालिका–३ ठोस्ने खोलाले बगाएर बालिकााको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही गाउँपालिका–१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उक्त खोलाले बगाएर आइतबारदेखि हराइरहेकी बालिकाको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस