आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

गण्डकी प्रदेश सरकारमा एमालेको सक्रियता ४ मन्त्रीले लिए शपथ

२०८१ भाद्र १७, सोमबार मा प्रकाशित ( १ साल अघि) १११४९ पटक पढिएको
नारी बाटिका


पोखरा – १७ भदौ ।

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेको सक्रियता बढ्यो,पछिल्लो मन्त्री बनेका ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीमा नियुत्त हुने नेताहरुमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्यालले आज शपथ लिएका हुन्।

उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाउनु भएको थियो। जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

पछिल्लो समयमा बनेको मुलुकको सरकारमा कांग्रेस एमाले गठबन्धन भएपछी एमालेले सरकारमा सामेल हुन केही शर्त अघि सारेको थियो। भागबन्डा मिलाउन एमालेको सक्रियतामा मन्त्रालयको संख्या बढाउँदै एमाले सरकारमा गएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस