
भक्तपुर २० भदौ ।
भक्तपुरमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका(६ नगरकोट बेसीटोल बस्ने २९ वर्षीय निरोज लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
लामाले ८ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस